~आर पि दाहाल~
म त तिमीलाई सम्झन्छु नि
तिमी त खै के हो के हो?
मलाई त लाग्छ तिमी आफ्नै मान्छे
म त खै को हो को हो?
हिजो हैन र? परिचय भएको
आज फेरी को हो को हो?
बोल्चाल गरेपछी न माया बस्छ
नबोले त खै के हो के हो?
जीवन त साह्रै रमाइलो छ
तिमी बिना त खै के हो के हो?
माया त आजै लाउनु पर्छ है
भोलि त खै के हो के हो?
(स्रोत : INLS – australia)