कविता : आशा र ज्याकरान्डा

~भुवनेश्वर शर्मा~

दरबारमार्ग उजाड हुंदा
हामीले रूखहरू रोप्यौ
ज्याकरान्डा र पैयुंका रुखहरू
सुन्दरता ल्याउनलाई

हिउंद आयो दरबारमार्गमा
पतझड बृक्षका पातहरू झरे
बसन्त आयो त्यहाँ
हामीले रोपेका फ़ूलहरू फूले |

हिमालमा हिउं रोयो
नेपालमा युद्ध हुंदा
हामीले आशाहरू रोप्यौ
नेपालमा शान्ति ल्याउनलाई |

(स्रोत : INLS – australia)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.