~उषा गिरी~
जीबनका रङ्गिन सपनाहरु
जङ्गलका कन्दमुल खाएर होस्
वा रमाइला क्षेणहरु लुटेर होस्
भाबुकताको पोखरीमा
स्वतन्त्ररुपमा
अरुको मन नदुखाइ
भुगोलको कुनै पनि कुनामा
संकटहरुलाई भुली
आफुलाई जलाई
चुडिएका मनहरुलाई
मन भाचिनबाट
हर क्षण
मुस्कुराइ रहने
ओठहरुलाई
हावामा बिलाउने जीवनलाई
आमालुपन दिन सक्नुपर्छ
चिन्तनको दहमा डुबी
सुगन्ध प्रबाह गर्दै
आँफै जल्नु पर्छ
बत्तीको शिखा भएर ।।