~विश्वास दीप तिगेला~
यो मन
क्षणक्षण टोलाइ दिन्छ
खोइ बैरागिएर पो हो की
यो मन
बतासिन्दै बहिरहन्छ
खोइ कुनै सीमा परिधि नपाएर हो की
कतै माया पि्रर्तिलाइ गुथेर
कतै बैशालु जोवनलाइ छोपेर
फेरी यो मन र जीवन
उडिरहन्छ उडिरहन्छ
कहिले फिजीको सिन्जेल पागलखानामा
घुमि दिन्छ रोइदिन्छ
कहिले ब्रुनार्इको तातो घाममा
डढिदिन्छ सहिहेर्छ
कहिले सिंगापुर, मलेशिया, थाइल्याण्डतिर
फिलीपिन्स, हङकङ, होल्याण्डको आम्सड्रममा
टुत्रmाटुत्रmा पारी मुटुलाइ बेचिदिन्छ ।
कहिले वेलायतको पपडिस्को अनि
प्रmान्स, बेलिज र अमेरिकाको न ृत्यग ृहमा
खोलेरै यौवन नजर गर्छ
कहिले क्यानडा र क्यारोविन समुन्द्रमा
हरियो रातो ट्राफिक बत्तसिंगै लुकामारी खेल्छ
यो मन र जीवन
कहिले वोस्नीयाको दु:खमा
कहिले अफगानिस्तानको दु:खमा
कहिले पूर्वीटिमोर, कोसोभो मेसोडोनियाको दु:खमा
जरुर पुग्छ र रोइहेर्छअनि आफ्नै छात्तमिा आउने तातो गोलिलाइ
वास्ता नगरी
गौतम बुद्धको
शान्तिको संन्देश बोकी
ब ृद्धा आमाबुबा विधवा चेली
टुहुरो वालबच्चा सामु पुग्ने गर्छ
यो मन र जीवन
कहिले रोधि, दोहरी र धाननाचका
कलिला मायापि्रर्तिलाइ
विदेशकै छाँाले, विदेशकै मायाले
धोइपखाली दिन खोज्छ
अनि मुटु जोडिन्न
अनि त
विवशता रुन्छ धुरुधुरु ।।