~राम कृष्ण आचार्य~
अल्मलिएको मनको प्रश्न मेरो कुन हो माया,
हजार तारा हो की कहीँ एउटा जुन हो माया |
सम्झनाले रोपी रोपी घाऊहरु बनाइदिन्छ,
मन मात्र कि नसा नसा बग्ने खुन हो माया |
सुस्ताएको बतास सगैँ आस्ताएको आश रुन्छ,
आशै आशमा रुवाउने सम्झनाको धुन हो माया |
झुकिएर किनरामा तिम्रो प्रिती लत्याइदिए,
लत्याएको बलुवाको आमुल्य त्यही सुन हो माया |
कसमका पहाड तोडी आस्था माथि धक्का दिएँ,
विश्वाशमा घाऊ दिएँ अब पोल्ने नुन हो माया |
(स्रोत : Weallnepali)