बाल कविता : कस्तो मजा

~दुर्गालाल श्रेष्ठ~Durga lal Shrestha

प्राणीमा ठूलो मान्छे हो भनी
भनेको कल्ले हो –
पशुले होइन, पन्छीले होइन
मान्छे आफैले हो ।

ठूलो छ मान्छु, मान्छेको घर
लवाई-खवाई
बसेकै छ उ यतिको ठूलो
सहर बनाई ।

भोकाए पनि खाँदैन भन्छन्
बाघले बाघ नै
मान्छेले त खान्छ है मान्छे,
को ठूलो भन्ने खै –

यो कस्तो मजा ! नभने पनि
कसैले तपाइँ
भन्दैछ मान्छे उ आफैलाई
आफैलाई मपाइँ ।

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.