~कृष्ण प्र. पाण्डे~
बोलाएर हैन नहाँसेर बिग्र्यो
लजाएर हैन नआँटेर बिग्र्यो
पैलो पैलो प्रेम अनूभुति थियो
टोलाएर हैन नबाँडेर बिग्र्यो
आफ्नो मुटु भन्नु अब कहाँ रह्यो !
सुम्पिएर हैन नगाँसेर बिग्र्यो
केही कुरा गोप्य राखे हुन्थ्यो जाती
नराखेर हैन नजाँचेर बिग्र्यो
कस्को? आँखा भित्र को पो बस्दो रै`छ
लुकाएर हैन नढाँटेर बिग्र्यो
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.