कविता : वेदना . . . . .

~गोदावरी कुमारी पाण्डेय~Godawari Kumari Pandey

यातायात् सुविधा हैन, विज्ञानको जाल ।
छानी-छानी के लैनोहै, कठै! पापी काल ।।

सब्का दाइ फर्की आए, तिहार आयो भणी।
मेरा आँखा आँशु दैव, तैले निको माणी ।।

सात् मैना भैगए दादा, कै ठौर गै रैछै ।
तिहार आयो बैनी वियोग, कसरी सै रैछै ।।

दैवदशा लाग्यो मेरो, करम फुटायो ।
दाइको निधार् मेरो टीका, सधैँलाई छुटायो ।।

सबैका आँखाको नानी, कसरी भए है ।
हमकी रात पाडी दादा, छाडी काँ गए है ।।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.