कविता : मनमा माया सम्मान

~ठाकुर मान लामा~Thakur Man Lama

मनमा माया, सम्मान जागृत गराउने हो भने
दरिला हाथमा पौरखी हात जुटाउने हो भने
निश्चय नै धरातल यो स्वर्ग बन्ने छ
जसरी माटोले पानीको स्पर्श पाउँदा
बाला धानका लहराउँने गर्दछ ।

थुप्रिएर रहेका मैला मनका फ्याँकिदिने हो भने
विभेदताका कालो पहाड उखेलिदिने हो भने
निश्चय नै मनमा शान्ति बहने छ
जसरी आँखाहरु सङ्लो पानीमा पर्दा
एक किसिमको शीतलता हृदयमा बस्दछ ।

ऐश आराम वैभवको मोह त्यागिदिने हो भने
ईर्ष्या रिसराग द्वेश सदा हटाइदिने हो भने
निश्चय नै सुख खुशी आफैं आउनेछ
जसरी यसको लतबाट मुक्त हुँदा
जो कोही त्यसलाई महात्मा भन्न कहाँ चुक्दछ ?

घमण्ड अहङ्कारता निर्मुल गर्ने हो भने
कुविचार अत्याचार सब छोडिदिने हो भने
निश्चय नै सत्य विजय बोकी हिँड्ने छ
जसरी गगनका ती बादल हट्दा
सूर्य आफ्ना किरण धरतीमा छर्न सक्दछ ।

lamathakur@yahoo.com
ललितपुर

June 3rd, 2008

(स्रोत : Nepal.hk)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.