कविता : बन्धन …….

~जुनिता सुब्बा~Junita Subba

हामीले डोरीहरू बनायौं
आफुलाई बाँध्नलाई ।
हामीले सिमाना कोर्यों
आफुलाई साँध भित्र राख्नलाई ।
हामीले भब्य महल बनायौं
आपनो लागि मात्र भनेर एउटा बगैंचा बनायौं ।
आफु मात्र अट्ने ढोका बनायौं ।
जीव ,पशु ,पंक्षी ,पुतलीहरु नआवोस् भनेर
फलामको तारले घेर्यों ।
आफुलाई मात्र भनेर
घाम पानी बाट बच्न छानो लगायौं ।
अलिसान महलमा
बाँच्यौं आनन्दको अनुभूति सापटी लिएर ।

हामीले नियम ,कानुन बनायौं
सबै बाँच्नलाई होइन ,आफु बच्नलाई ।
हामीले प्रकृतिलाई चुनौती दियौं
प्रकृति बुझ्नलाई होइन,आपनो आचालन देखाउनलाई ।
हामीले आफुलाई हजार बार ढाट्यों
आफुलाई ढाटनलाई ।
ठुला ठुला खोरहरु बनायौं
आफु जस्तै सोच्नेलाई थुन्नलाई।
आफुसँगै हिड्न खोज्नेलाई रोक्नलाई ।
ठुला ठुला बम ,मिसायल बनायौं
आपनो जस्तो भुमि बनाउछु भन्नेलाई ठोक्नलाई ।
स्वयम् आफु भएर बाँच्छु भन्नेलाई हान्नलाई ।

हामीले आफुलाई भुलाउन मदिरा बनायौं ।
आत्मरति लिन परि अप्सरा बनायौं ।
स्व -चेतनालाई खेलौना बनायौं ।
चेतनालाई कर्कस आवाज ।
शरीरलाई बेहोसी निर्जिबन मुडो
कसी लाएर दाएको गधा बनायौं हामीले हामीलाई ।
अब त हामी यस्तो भै सक्यौं ,
मालिक आएपछि मात्र उठेर हिड्ने भयौं ।

-जुनिता सुब्बा
संयुक्त राज्य अमेरिका
junitato7summits@gmail.com

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.