~निशा प्रतीक्षित~
कहिलेकाही जिन्दगीले आफ्नै छाँया छोडीदिन्छ
छोरोले पनि बुहारीका निम्ति आमा छोडीदिन्छ
समय पनि चटक देखाउँछ बेला बखतमा
अनेक मोडमा ल्याएर जमाना छोडीदिन्छ
के गर्छौ देश यस्तै छ कानुन यस्तै छ यहाँ
इमानदारलाई थुन्छ अनि हत्यारा छोडीदिन्छ
सीमीत रहँदा सम्झनामा मात्र यौटा कथा
अनायासै नुनिलो पानी यो आँखा छोडीदिन्छ
म चाहन्थेँ यो देश सिङ्गो रहिरहोस् सधैँ
सरकार भने विभिन्न प्रदेशको खाका छोडीदिन्छ
(स्रोत : साहित्य सन्दर्भ)