~विजय योजीत~
सबै कल्पिए झैं भयो जिन्दगानी
यही सुन्न पाए हुनेथ्यो कहानी
अझै याद होलान् सगरका सितारा
कि बिर्स्यौ र छाती थियो यै सिरानी
उता फुल्छ होला नयाँ बाग तिम्रो
चलेकै छ मेरो ब्यथाको फँडानी
तिमी देव मेरो तिमी प्राण भन्थ्यौ
बसेको छ इश्वर म भित्रै जमानी
बुझें प्रेमले हुन्छ बर्बाद मान्छे
न चाहिन्छ आँधी न आगो न पानी
बहर :मुतकारिब मुसम्मन सालिम
रुक्न :फऊलुन्× चार
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)