~बासु श्रेष्ठ~
तेल हालुाजेल बल्ने
यो बत्ती
प्रकाश त दिन्छ
आफ्नै मुनी अन्धकार छरेर
त्यस अन्धकारमा
मनपरी तन्त्र चलाउँछ
जगलाई प्रकाश छरेको ज्याला लिँदै
आफ्नै मुनीको अन्धकारमा
आफ्नो बर्चस्व बचाउन
नाना भाँतीका खेल रच्छ ।
सोझा मानिस विचरा
उ दीयोमा तेल थप्दै जान्छ
प्रकाश पाउने आशामा
तर जान्दैन उ
प्रकाशको बदलामा
दीयो मुनी
कति अन्याय अत्याचार भ्रष्टाचार
छलछाम र कपटलाई
निरन्तरता दिई रहेको छ ।
अलिकति प्रकाश पाएको बदलामा
उसले जीवन नै आहुति दिईसकेको छ
अलिकति आँच पाएको बदलामा
उसले आफु नै भन्न बिसर्ि सकेको छ
अलिकति राप पाएको बदलामा
आफ्नो अस्तित्व नै बिसर्ि सकेको छ ।
तर शायद
अब उसले कुरा बुझ्दै छ
दीयोमा तेल हाल्दा हाल्दा
उ बिस्तारै थाक्दै छ
दीयो मुनीको अन्धकारमा बिस्तारै
नियाल्न सक्षम बन्दै छ
त्यहाँ हुने करतुतहरुको ज्ञान हुँदै छ
अब उ तेल हाल्न सहमत छैन
दीयो निभ्ने त्रासमा पनि छैन
तेल सकिने सन्त्रास पनि छैन
बरु
निभ्न लागेको त्यो दीयोलाई
फू गरेर निभाउने िक
बलुाजेल बल्न दिने
यस दोधारमा अल्झेको छ उ ।
तेल सकिई सक्दा पनि
तुजुक छोडेको छैन
तनक्क तन्किएर
बुढो खोकेर लत्रिए झैं
धिपधिप गर्दै छ झ्याप्प निभ्छ
फेरी बल्छ
तर सबैलाई थाहा छ
अन्ततोगोत्वा
यो निभेरै छोड्छ ।
उड़ब्रिज, भर्जिनीया
(स्रोत : Khasskhass)