~भाष्करराज राजकर्णिकार~
निलेर आगो म ज्वाला पिउँदैछु
आफैभित्र म कुन युद्ध लड्दैछु
जितेरै पनि कुन भूमि टेकु म ?
आफै हारेर कुन जीत रोजु म ?
कति गर्व जति छ यो स्वदेशको
उति नै त छ गर्व मेरो मधेशको
हिमाल–पहाड उच्चो छ जतिको
त्योभन्दा गर्व यो प्यारो देशको
यही गर्व भुलेर म आगो पिउँदैछु
आफ्नैसंग म कुन युद्ध लड्दैछु
जितेरै पनि कुन भूमि टेकु म ?
आफै हारेर कुन जीत रोजु म ?
कति परेड खेल्न खोजे इतिहासमा
पराइ बुट बजार्न दिइन्न यो भूमिमा
कति फर्के हारेर युद्ध मधेस जिउँदै
पहाडबाट खेदे थियौं देश ब्यूझाउँदै