~पवन आलोक~
म इम्मा स्मिथ । डायना मेरो पार्टनर – मेरी श्रीमती । म डायनाको पार्टनर उस्की श्रीमती ।
आज ४ जुलाई २०१५ । संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता दिवस । अमेरिकाभरि आजको यो दिनलाई धुमधामसँग मनाइयो । फायर वक्र्स र विभिन्न कार्यक्रमहरुको आयोजना गरियो सबै स्टेटहरुमा । डायना र मेरो जोडीको लागि यो वर्ष महान र अविस्मरणीय रहेको छ । मलाई लाग्छ डायना र म मात्र होइन, सम्पूर्ण अमेरिकी समलिंगी जोडीहरुको लागि यो दिवस साँच्चिकै ऐतिहासिक रहेको हुनुपर्छ । ५ जुलाई शनिबार सार्वजनिक विदा परेकोले सो दिनको सट्टा ४ जुलाई शुक्रबारकै दिन स्वतन्त्रता दिवसको सट्टा विदा दिने निर्णय भएकोले अब तीन दिन लगातार सार्वजनिक विदा पाइयो ।
कस्तो मज्जा ! अगस्त २६ जुनका दिन अमेरिकी सर्वोच्च अदालतले अमेरिकाभरि समलिंगी विवाहलाई कानुनी मान्यता दिएको महान र ऐतिहासिक घोषणाको स्वागत गर्दै देशका विभिन्न भागमा खुसियाली मनाउँदै स्वतस्फूर्त कार्यक्रमहरुको आयोजना गरिए ।
डायना र मैले आधिकारिक रुपमा विवाह ग¥यौं र खुसियाली मनायौं । फोटोहरु खिच्यौं । हाम्रा साथीहरु न्यान्सी र लिसाका साथै बब र मार्कले पनि विवाह गरे । हजारौं जोडीहरुलेझैं हामी पनि अब कानुनी रुपमा दम्पत्ती भयौं । संवैधानिक हक पाउन सक्ने भएका छौं । कति दिन लिभिङ टुगेदरमा बस्ने ? कति दिन उपेक्षा सहने ? हाम्रो वर्षौंदेखिको मागको बल्ल सुनुवाई भएको छ ।
नान्सी र लिसाका साथै बब र मार्क दम्पत्तिसँगै डायना र म पनि न्यूयोर्कको कार्यक्रममा अन्य हजारौं दम्पत्तिहरुका साथ भाग लियौं । डायना र मेरो भेट भएको दुईवर्ष जति भयो । उसका बाबु आमा न्यू ह्याम्प्सायरको म्यान्चेष्टरमा बस्छन् । उसको एकजना दाजु स्टिभ आफ्नो गर्लफ्रेन्डसग बोस्टनमा बस्छ । बुढाबुढी रिटायर्ड भए पनि घरमा एकजना सुस्त मनस्थितिको मान्छेलाई पालेर राखेका छन् त्यसबाट उनीहरुलाई राम्रै आम्दानी हुने गर्छ । उनीहरुका पुर्खा स्कट्ल्याण्डबाट अमेरिका आएका थिए रे । डायनाले कलेजको अध्ययन सकेर न्यूजर्सीको न्यूपोर्ट मलको स्टोर मेसिजमा काम पाएर यता आएकी रे । त्यही अर्को स्टोरमा म पनि काम गर्ने हुँदा ऊसँग भेट भयो । मेरा पूर्वज पनि स्कट्ल्याण्डकै एडिनबराबाट आएका रे । अहिले बुवा क्यालिफोर्नियामा बस्नु हुन्छ । आमाले अर्कैसँग बिहे गरेपछि एक्लै हुनुभएको छ । म झण्डै तीनवर्ष अघि काम पाएर न्यूयोर्क आएँ । केही महिना म्याकडोनल्डस्मा काम गरेपछि मेसिजमा काम पाएर न्यूयोर्क आएकी । मेसिजमा डायनासँग चिनजान भएपनि राम्रो साथी बन्यौं । हाम्रा इच्छा चाहना सबै समान । सँगै खाने, सँगै हिँड्ने गर्न थाल्यौं । हाम्रा यौनिक चाहनाहरु पनि उस्तै । किन किन मलाई जस्तै डायनालाई पनि केटाहरु मन नपर्ने । कति केटाहरु हामीलाई प्रभावित पार्न खोज्थे । तर हामीलाई केटाहरुप्रति कल्यिै आकर्षण भएन । विपरित लिंगीप्रति हुनुपर्ने आकर्षण नै नहुने । लगभग छ–सात वर्षको उमेरदेखि नै मेरो हाउभाउ र व्यवहार देखेर बुवाआमा पनि अनौठो मान्नुहुन्थ्यो । मेरो उमेर वढ्दै गयो स्कूलका केटाहरु मेरो पछि लाग्ने गर्थे तर मैले कहिल्यै पनि लिफ्ट दिइन । केटाहरु प्रति त्यस्तो कुनै चाहनै नहुने, कुनै उत्सुकता पनि नहुने । म स्वयम मेरो सेक्सुआलिटीको वारेमा फरक र अनौठो महसुस गर्थें । म मेरा केहि केटी साथीहरु प्रति आकर्षित थिएँ । जेनी र लिन्डा मलाई खुब मन पर्थे । तर मैले कहिल्यै आफ्नो चाहना उनिहरुसँग व्यक्त गर्न सकिंन । कस्तो कस्तो लागि रहन्थ्यो । डर पनि लाग्थ्या,े उत्सुकता पनि लाग्थ्यो । आफ्नो कुरा राख्नु अगाडि सोच्थेँ – तिनीहरुले केही भने भने ?
विल्कुलै फरक अनुभूति हुने गथ्र्यो मलाई ।
डायनासँग भेट भएपछि म औधी खुसी भएँ । उ पनि कम खुसी थिईन । हामी एक आपसमा अन्तरंग कुराहरु गथ्र्यांै । केही समयपछि हामी दुवैले लिभिङ टुगेदरमा बस्ने निर्णय ग¥यौं र न्यूयोर्क कै एउटा अपार्टमेन्टमा सँगै बस्न थाल्यौं । जीवन अति सुन्दर र रमाइलो लाग्न थाल्यो । डायना साँच्चिकै समझदार छे, सुन्दर छे । हामी एक अर्कालाई अत्यन्त प्रेम गर्छौं । लाग्छ भगवानले हामी दुवैलाई एक अर्काको लागि बनाइदिएको हो । समलिंगी विवाहले कानूनी मान्यता पाएपछि अब हाम्रो खुसीको सिमा नै रहेन । हामी अत्यन्त खुशी छौं ।
“यो तीन दिनको छुट्टी विशेष किसिमले मनाउनु पर्छ । तिमी के भन्छ्यौ इम्मा ?” डायनाले प्रस्ताव गरी ।
‘ओ ! स्योर । बट हाउ डु वी सेलेब्रेट ? (अवश्य, तर कसरी मनाउने ? मैली खुसीसाथ स्वीकृति जनाएँ
‘एकछिन दिउँसो सेन्ट्रल पार्क घुम्ने, स्ट्याचु अफ लिवर्टी, स्टेटन आइल्याण्ड र एलिस आइल्याण्ड घुम्ने । साँझ नाइट क्लब जाने । बाँकी दुई दिन नायग्रा फल्स घुम्न जाने ।’– डायना ।
‘बरु लिसा र नान्सीलाई पनि भनौं न त ?’
‘हुन्छ ।’
‘ओ के । एकदम राम्रो । त्यसै गरौं है त ?’
साँझ वासिङ्टन बुलोभार्द स्थित रेष्टुरेण्ट कन्फ्युसियसमा रेड वाइनका साथ डिनर खाएर हामीहरु आफ्नो अपार्टमेन्टमा गएर सुत्यौं ।
रातीको ढिलो सुताइ र भोलिपल्ट विदा भएकोले हामी उठ्दा बिहानको आठ बजिसकेको थियो । हत्त र पत्त तयार भएर डायना र म मर्निङ वाकमा निस्कियौं । हड्सन नदीको किनारको वाकवेमा एक घण्टा जगिङ गरेर नुहाइ सकेपछि व्रेकफास्ट खाइसक्दा झण्डै एघार बजिसकेको थियो ।
मेरो सेल फोनको घण्टी बज्यो ।
‘हेल्लो …..’
‘हाई…… गुड मर्निङ ! हाउ आ यु टुडे ?’
(शुभप्रभात तपाईंलाई कस्तो छ ?)
नान्सीको फोन रहेछ । नान्सी र लिसा पनि डायना र म जस्तै समलिंगी जोडी । चारै जना यो तीनदिने विदा सँगै मनाउने, दिउँसो बाह्र बजे ग्राउण्ड जिरोमा भेटेर सँगै जाने सल्लाह भयो ।
म र डायना न्यू जर्सी नजिकै बस्थ्यौं भने नान्सी र लिसा न्यूयोर्कको मुटु म्यानहाटन बस्थे । डायना र म पाथ ट्रेनको न्यूपोर्ट स्टेशनबाट अन्डरग्राउण्ड ट्रेन चढेर बल्र्ड ट्रेड सेन्टर पुग्दा पौने बाह्र बजिसकेको थियो । ग्राउण्ड जिरोमा केही बेरको पर्खाइपछि लिसा र नान्सी पनि आइपुगे र हामी दुवै जोडीहरु बाल स्ट्रिट हुँदै व्याट्री पार्क पुग्यौ र स्टेटन आइल्याण्ड जाने क्रुजमा चढ्यौं ।
मौसम सफा थियो । घाम लागिरहेको थियो अनि मन्द मन्द हावा पनि चलिरहेको थियो । यात्राको आनन्द नै बेग्लै । हड्सन नदी र एट्लान्टिक महासागर माथि हाम्रो पानीजहाज केही समयमा स्टेटन आइल्याण्ड पुग्यो । त्यहाँ केही समय घुमेर हामी फक्र्यौं अनि स्ट्याच्यु क्रुजको टिकट काटेर स्ट्याच्यु अफ लिवर्टी भएको टापुमा ओल्यौं । पर्यटकहरुको भीड । फोटो खिच्नेहरुको भीड । हामीले पनि एक अर्काका जोडीहरुको फोटो खिच्यौं । लन्च खायौं । यो स्वतन्त्रताको मूर्ति न्यूयोर्ककै प्रतीक मानिन्छ र अत्यन्तै भव्य पनि छ । त्यहाँबाट हामी एलिस आइल्याण्ड घुमेर व्याट्री पार्क फर्कंदा पौने ५ बजिसकेको थियो ।
पार्कमा केही समय टहलिएर हामी म्यानहटन डाउनटाउन पुग्यौं । घुम्नु त के थियो र ? कतिपटक घुमिसकेकै ठाउँहरु हुन् तापनि आज बेग्लै आनन्द भइरहेको थियो हामीलाई ।
राति टाइम्स स्क्वायर नजिकैको एउटा नाइट क्लबमा गएर नाचगान÷रमाइलो गरेपछि न्यान्सी र लिसा आफ्नो अपार्टमेन्टतिर लागे भने हामी थर्टीथर्ड स्ट्रीटबाट अन्डरग्राउण्ड पाथ टे«न चढेर न्यूपोर्ट तिर फर्कियौं । आफ्नो अपार्टमेन्टमा पुगेर भोली चारजना नायग्रा फल्स जाने र पर्सी फर्कने गरी कोचको टिकट अनलाइन बुक गरी डायनाले ।
‘तिमीलाई कस्तो लाग्छ बब र मार्कको जोडी ?’
‘राम्रो छ । तिमीलाई नि ?’ डायनाको प्रतिप्रश्न ।
‘बब र मार्क दम्पतीको जोडी समग्रमा मलाई पनि राम्रै लाग्छ । तर स्वभावका हिसाबले बब र अझ बेस लाग्छ । निकै समझदार र व्यवहारिक पनि छ ऊ । मार्क अलि घमण्डी छ र आफूलाई मै हुँ भन्छ ।’
‘त्यो त हो ।’
‘यिनीहरुको दाम्पत्य जीवन त्यति दिगो हुन्न होला सायद ।’
‘लिसा र न्यान्सीको जोडी नि ?’
‘यी दुवै वेस छन् हरेक दृष्टिकोणले । सबै कुरा सेयर गर्छन हामीसँग । तिमीलाई थाहा छ ? हिजो राति अमाण्डा र सुजान लाई निम्ता गरेछन् र राति सँगै आनन्द लिएछन् चारैजनाले । हामी पनि त्यसै गर्ने कि भोलि राति ?’ चारजना नायग्रा फल्सको दृश्यावलोकन पछि होटलमा फर्केर किन आनन्द नलिनु ? कत्ति रमाइलो हुन्छ होला । जीवनमा हरेक कुराको अनुभव लिनुपर्छ ।’
‘स्योर ! लेट् अस प्रोपोज टुमोरो ।’
‘हनि, आयम् अल्रेडी एक्साइटेड ।’
‘मी टू ।’
रात पग्लँदै गयो । बिहान उठेर डायना र म फ्रेस भएपछि तयार भएर आ–आफ्ना झोला झुण्ड्याउँदै लिफ्टबाट तल ओर्लियौं र नजिकैको स्टारबक्स कफी सपबाट कफी किनेर पिउँदै हतार हतार अन्डरग्राउण्ड रेल्वे स्टेशन तर्फ गयौंं । आठ बजेको कोचबाट नायग्रा फल्स जानु थियो । लिसाहरु आएका थिएनन् । कोच हिँड्नै लाग्दा बल्ल बल्ल तिनीहरु दौडँदै आए अनि हामी चारैजना प्रस्थान ग¥यौं । कन्डक्टेड प्याकेज टुर भएकोले ठाउँ ठाउँमा रोक्दै रमणीय ठाउँहरुको दृश्यावलोकन गराउँदै लगियो हामीलाई । समय समयमा गाइडले माइकबाट ब्रिफिङ पनि गर्ने गथ्र्यौ । झण्डै सात घण्टाको यात्रापछि नायग्रा फल्स पुग्दा आनन्द आयो । त्यो अमेरिका र क्यानाडाको सिमानामा रहेछ । पारीपट्टी क्यानाडाको टोरोन्टो शहरको केही भाग राम्रैसँग देखियो । हाम्रो गाइडले हामीलाई होटलमा पु¥याएपछि हामीहरु फ्रेस भएर घुम्न गयौं । रातिको समयमा नायग्रा फल्सको झिलीमिली र सुन्दरताको के कुरा गर्नु ? अत्यन्त सुन्दर । फोटोहरु लियौं । र राति अबेरसम्म त्यो सुन्दर दृश्यको आनन्द लियौं । डायनाले लिसा र न्यान्सीसँग आज राति सँगै बिताउने प्रस्ताव गरिसकेकी थिई । उनीहरु पनि कम उत्साहित थिएनन् ।
हाम्रो त्यो रात गजबकै रात भयो । बेग्लै आनन्द । बेग्लै अनुभूति । डायना र मेरो लागि यो नितान्त नयाँ अनुभव थियो ।
भोलिपल्ट बिहान क्रुजमा चढेर नायग्रा फल्सको आनन्द लियौं । रेनकोट लगाए पनि पानीले भिजियो । पारी टोरोन्टोतिरबाट पनि त्यत्तिकै पर्यटकहरु आउँदा रहेछन् । हाम्रो साइडमा पनि पर्यटकहरुको भीड सानो थिएन । यो ट्रिप सकेर कोचमा चढ्यौं । बाटोमा लन्चको लागि कोच रोकियो । चारैजनाले लन्च खायौं । कोचमा हामीभन्दा अगाडिको सिटमा बसेका न्यान्सी र लिसा किन हो एक अर्कासँग ठुस्किरहेका झैं देखिन्थे । खासै बोलेको, गफ गरेको देखिएन । राति हामीबाट छुट्टिएपछि तिनीहरुबीच अलि झगडा परेको हामीले महसुस गरेका थियौं । न्यूयोर्क पुग्दा साँझको साढे सात बजिसकेको थियो ।
न्यान्सीहरुसँग छुट्टिएर हामी आफ्नो गन्तव्यतिर लाग्यौं । न्यूयोर्क आएर एउटा रेष्टुरेण्टमा डिनर खाएपछि यो समग्र ट्रिपको समीक्षा गर्दै हामी आ–आफ्नो अपार्टमेन्टमा गएर आराम ग¥यौं ।
“तिमीलाई कस्तो लाग्यो हाम्रो यो तीन दिनको कार्यक्रम ? डायना भन्दै गई – न्यान्सी र लिसाहरुसँगको सहवास नि ?”
‘असाध्यै रमाइलो लाग्यो’ मैले भनें – एउटा नयाँ ऊर्जा थपिएझैं, अविस्मरणीय ।
“मलाई अचम्म लागिरहेछ – न्यान्सी र लिसाहरु किन आज एकआपसमा रिसाएका ? होटलमा राति हामीबाट छुट्टिएर आफ्नो कोठामा सुत्न गएपछि चर्को आवाजले दुवैजना बोलिरहेको जस्तो मलाई लागेको थियो । तिमीलाई केही अनुमान छ ?” डायनाले जिज्ञासा राखी ।
‘के थाहा ? इम्मा भन्दै गई – तर केहि कुरा अनुमान सम्म गर्न सक्छु – न्यान्सी र लिसाको सम्बन्ध धेरै लामो समय टिक्ला जस्तो लागेन मलाई । कुरै कुरामा एकदिन फोनमा मलाई लिसाले न्यान्सीको वारेमा धेरै कुरा गरी । उ न्यान्सीसँग अघाईसकेकी जस्तो छ । उसको व्यवहार पनि त्यति मन पर्दैन रे । जोडीहरु फेरिरहन चाहन्छे रे । आर्थिक मामलामा पनि बेलाबेलामा झगडा पर्ने गर्छ रे । अलि इगोको कुरा पनि हो कि ?’
‘आ, जे सुकै होस्’ मलाई त निद्रा लाग्न थाल्यो । भो सअब सुतांै …..’ डायनाले ओछ्यानमा पल्टदै भनी ।
रात छिप्पिइसकेको थियो । कतिबेला निदाइयो पत्तै भएन ।
भोलिपल्ट बिहान लिसाको फोन आयो मेरो मोबाइलमा ।
बडो निरास स्वरमा भन्दै थिई – ‘न्यान्सी र मैले डिभोर्स गर्ने निर्णय ग¥यौं । न्यान्सी अब अमाण्डासँग बिहे गर्छे रे ।’
(स्रोत : मधुपर्क, पौष २०७२ बि स)