गीत : अन्त माया लाएको छैन

~बाबु लामा~Babu Lama

उकाली नै उकाली परेछ भाग्यमा
समथर भेटीएको छैन !
मन भरी चोट भए पनी मुटु रेट्ने
साराङ्गी धुन सँगै बिराहि गीत
गाएको छैन !

तिमीले पो हजारौ साथी पाएकी हौली
हजार संग माया लाएकी हौली
म त तिमीले जहाँ छाड्यौ त्यही नै छु
अझै अन्त माया लाएको छैन !

मुटु भरी चोट लिएर पनी बिराहि
गीत गएको छैन !
मनमा नै छन् भगवान भनी अझै
देउरालीको मन्दिर धाएको छैन !

तिमी जस्तै धोकेवाज भेट्ने पो हो कि ?
त्यही डरले अझै अन्त माया लाएको छैन
हो अन्त मायाँ लाएको छैन ।।

बाबु लामा
भानु ८ तनहुँ तुर्लुङ्कोट
हाल मलेशिया

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.