गाउँ अन्धकार छ शहर, जलेको छ देश मा
बिकाश निर्माण बिना प्रहर, ढलेको छ देश मा
बाटो, पुल त्यो बन्छ भन्थे, खोई त बनिए
उल्टै भत्की जन लहर , गलेको छ देश मा
छाकै टार्ने अन्न छैन ,जनताका घरमा
ऋण र अनुदान को जहर, चलेको छ देश मा
झुटा आस्वाशन नै मात्रै निरन्तर पाउँदा
टायर बन्दै जन रहर बलेको छ देश मा |
दुख्यो अंगनै सबै,नढलेरै दुख्छ देश ।
सुन्यौँ देशको पूकार,नजलेरै दुख्छ देश । ।
खायौँ खान सम्म,अटेसमटेस भयौँ तिमी ।
भ्रष्ट तिम्रो भारले,नगलेरै दुख्छ देश ।
लुट्यो यता उता,खुम्चिदैछ सिमा रेखा ।
चुप छौँ तिमी हामी,नचलेरै दुख्छ देश ।
कुर्सी प्यारो सधै,पेव्डुलम बन्यो बिकास ।
भयो उजाड जगत,नफूलेरै दुख्छ देश ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )