~कमल संघर्ष~
कमल बनिदिन्थे त्यो दिलमा हिलो भैदिए
यो जिन्दगीलाइ फेर्न यति सजिलो भैदिए
भित्तामा टाङ्गिएको घडि बिग्रिएको रहेछ
म पनि समय संगै चल्ने मान्छे ढिलो भैदिए
कैदी बनेर बस्ने मलाइ रहर थिएन प्रिया
तिम्रो दिलको क्षेत्रफल फराकिलो भैदिए
चुसे पनि चुस्नेहरु यसरी कहाँ चुस्थे होला ए !
आइसक्रिम यदि तिमी अमिलो भैदिए
-कमल संघर्ष
अछाम
(स्रोत : Nepalpati)
