~उर्मिला थपलिया~
ऊ पुरुष
तिमी पुरुष
तपाईं पुरुष
हजुर पुरुष
मात्र सम्बोधन फरक ।
कोही अग्ला
कोही होचा
कोही मोटा
कोही पातला
पहिचान केही फरक ।
आखिर एकै एकै छन्
स्वभाव र चरित्र
संसारबाट स्वतन्त्र छन्
उन्मुक्ति दिएको छ धर्मले
सुरा छन्
सुन्दरीको भोग गर्छन्
तर, सुन्दर बन्न रुचाउँदैनन् ।
बाँझो जमिन ठान्छन् नारीलाई सधैँ
अनि, जोतिरहन्छ आफ्नै सुरमा
न डर छ समाजको
न डर छ प्रतिवादको
किनभने,
मुक्त पात्र हुन् रे उनीहरू आफैँ
कागजमा त्यही लेखेका छन् !
(स्रोत : नेपाल साप्ताहिक)