~यि थाइ—गुग~
अनु : केशव सिग्देल
ओहो, त्यहाँ पानी उम्लिरहेछ; बादल आफैँ जलिरहेछ
एउटा वृत्ताकार ग्लोब आगोको भकुण्डोझैँ दन्किरहेछ
यो अहिले अस्ताउँदो क्षितिजमा झुण्डिरहेछ
रातो रगतले लत्पतिएको अग्निको महान चक्र अहिले डुबिरहेको छ
ज्वाला पछाडिका टापुहरु फेरी प्रष्ट देखिएका छन्
हाय, ति सबै अहिले लोप भए र बाँकी छन् केवल रङ्गिन बादलहरु
फेरी ति रङ्गिन बादलहरु लोप हुन्छन् र हराउँछन् टापुहरु पनि
उम्लिरहेको पानी शान्त हुन्छ र अब अदृष्य हुन्छ
मुस्काइरहेको नवचन्द्रमा जहाजमाथि टल्किएको देखिन्छ।
(दक्षिण कोरिया)
(स्रोत : Nepalikalasahitya)