के दिएँ र खै ? जिन्दगीमा पीर बाहेक
ती आँशुहरु के बने र ? नीर बाहेक
म पिरतीको तिमीलाई दिन्थें सागर
लौ के भो के भो सिद्धिएन हिँडी बगर
के दिएँ र खै मरुभूमि तिर बाहेक
ती आँशुहरु के बने र ? नीर बाहेक
छि: बिनासित्ती किन दिएँ ? तिखो बचन
हो मेरै थियो गल्तिहरु झुठो कसम
के दिएँ र खै ? बचनको झीर बाहेक
ती आँशुहरु के बने र ? नीर बाहेक
के दिएँ र खै ? जिन्दगीमा पीर बाहेक
ती आँशुहरु के बने र ? नीर बाहेक
78-05-2010
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )