~अनुराधा पाण्डेय~
हत्या हिंसा आतंकले दन्किएको आगो ।
शान्तिको महल बल्यो चाहियो शीतल हाँगो ।।
अन्धकारमा देश डुब्यो खोजौँ अब ज्योति ।
धेरै नष्ट गरिसक्यौ रोकौँ अब क्षति ।।
बुद्धको जन्मभूमि संसारकै दृष्टि ।
रोकौँ अब गोला-बारुद गरौँ शान्ति वृष्टि ।।
कुशासन र भ्रष्टाचारको तोडौँ अब जालो ।
यो देशको मुहार फेर्ने अब आयो पालो ।।
देशका लागि केही गर्न लाउनु हुन्न बेर ।
युवा भई उठ अब देशको मुहार फेर ।।
(स्रोत : नेपाल साप्ताहिक)