~अवधेश कुमार~
अनु : लक्ष्मण अर्याल
उनले मेरो आँखै अगाडि सय रुपियाको नोट हल्लाउंदै भने – यो कविकल्पना होइन यही दुनियाँको सत्य हो | म यसलाई जमीनमा रोप्छु अनि देख्नेछौ रुपियाको बाली लहलहाउनेछ |
मैले त्यस नोटलाई कौतुहल र उत्सुकताका साथ यसरी हेरेँ जसरी मेरो छोरो आकाशको उंडिरहेको चंगा हेर्छ |
मैले त्यस नोटको मेरुदण्ड छोएँ, त्यसको नसा छामें, त्यस नसामा बग्दै गरेको रातो र नीलो रगत देखें | त्यसमा मेरा खाना र खेल दुवै संलग्न थिए | त्यसमा सम्पूर्ण कर्म, पुरै गृहस्थी, सारा जयपराजय, दिन र रातहरू समावेश थिए | मलाई जुनसुकै मूल्यमा पनि आफैंलाई भने त्यसबाट बचाउनु थियो | मैले त्यसलाई कपडाजस्तै फैलाएं र हेर्न खोजें कि त्यो मेरो आत्माको पोशाक बन्न सक्ला ?
उनले मलाई भने – ”के सोचेको ? लगाऊ | यसले तिम्रो पुरै अस्तित्व ढाक्न सक्छ |”
२०७१ भाद्र १६
(अवधेश कुमार हिन्दी साहित्यका चर्चित लघुकथाकार हुन् | )
(स्रोत : फेसबुकको ‘लघुकथा कुनो’ समूहबाट )