गीत : म छिट्टै आउने छु

~बाबु लामा~Babu Lama

मलाई सम्झी नरुनु है आमा
म फर्की आउने छु !
हलो र जुवा काँधाम बोकी आफ्नै
खेत बारी धाउन छु !
असारे गीत गाउदै फेरी मर्सी धान
लाउने छु !

त्यो तिम्रो हातले पकाएर दिएको
गुन्द्रुक र डिडो झलझलि सम्झेछु
मन भरी पीड़ा लुकाई साथीभाई माझ
बाहिरी ओठ बल गरी हाँसेछु !

परदेशमा मेरो मन मान्या छैन
म छिट्टै आउने छु !

घरमै आई मेहनत गरी साग सब्जी
लाउने छु !
परिवार सँगै बसेर दुःख र सुखको
गीत नै गाउने छु !
परदेशी भई बाँच्नु मन छैन
म छिट्टै आउने छु !
हो आमा म छिट्टै आउने छु ।।।

बाबु लामा
भानु ८, तनहुँ
हाल मलेशिया

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.