गजल : नियती

~दयामोहन आचार्य~dayamohan-acharya

पहरो फोर्ने भन्छन् तर त्यो पतक्कै नुग्ने गलको के काम
हेर्दा त नमुना छ तर दर्शक बिनाको सिने घरको के काम

जनतालाई यसरी नै फुस्रो आश्वासन बाढि रहने हो भने
जनताको विश्वास टुटे त्यो राजनीतिक दलको के काम

पाँच तारे होटलमा बार्ता भनेर दिनहुँ देशको ढुकुटी सक्ने
तर साह्रै लाजमोर्दो निश्कर्षबिहीन त्यो फलको के काम

बिचरा गरिबीले जनतालाई आङ् ढाक्नै कठिन भैसक्यो
तिनलाई धनाढ्यले दान दिएको पश्बिना सलको के काम

त्रियासी हजारको भजन गाउने नाईकेहरु अव त चेत न
उपयोग नगर्ने हो भने हाम्रो त्यो अथाहा जलको के काम

जनताले अव त यस्ता मुर्खहरुको कुरा कति पत्याउन्
नयाँ बिहानी हुन्छ तिन्ले भन्ने कथित पलको के काम

पहिले यो माटोमा हाम्रा पुर्खाको त्यही युद्ध काफि थियो
तर शान जोगाउनलाई अहिले खुकुरीको बलको के काम

पाखा पखेरामा बग्ने अथाहा जलश्रोतको सदुपयोग हुन्न भने
कृषि प्रधान देशमा किसानलाई त्यो साउने भलको के काम

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.