~कल्पना ढुङ्गाना~
ट्राफिक, जाम, हड्ताल छ र जुलुस पनि
सुदपयोग छैन यहाँ धेरै छ हानी
एउटा भन्छ आ छोड्दे, त्यसैले नै गर्छ
आम्दानी आठाना रुपैयाँ छ खर्च
प्रदुषण बढ्दैछ यहाँ जनसंख्या छ धेरै
रीतिरिवाज संस्कृति त गइसके खेरै
सत्य देखाउँछन् बढे भन्दै अघि
गरी खानसक्ने पनि खान्छन् ठगिठगी
विरता छ विश्वभरी बुद्धि भन्ने छैन
एउटा भोकले मर्न आँट्यो अर्कोलाई छ चैन
धेरै भयो धेरै भयो यहाँ जाम हड्ताल
त्यसैले त होला हजुर पिछडेको हाम्रो नेपाल
खोई युवा संघ संगठन कहाँ गए र सबै
नेपाल आमा के सधँै अब बस्नुपर्ने रुँदै ।
(स्रोत : Ganatantradaily)