मनमा माया छैन हजुर देवतालाई चढाईंदिए
धोका मात्र पाएपछि म त हजुर ढुङ्गा भएँ
आस्था जगाई ढुङ्गा उठाई देउता भनि पुजौला
चोखो दिलले,भत्तिभावले अर्पण पनि गरौला
निरर्थक तिम्रा पुकार म त हेर निर्जिव भए
घात मात्र खाएँ पछि म त हजुर ढुङ्गा भएँ
आँखाभरी आशा छरी सपुना झन् सझाउला
मुर्तिमाथि बिश्वास जागी दिल पनि चढाउला
मुर्ति पुज्नु व्यर्थ हजुर ओईलिएको थुङ्गा भएँ
निराश मात्र पाएपछि म त हजुर ढुङ्गा भएँ
March 8, 2014
(स्रोत : रचनाकारको ब्लगबाट सभार )