~सुरेन्द्र रजौरा~
जीवनको उकाली ओरालीहरुमा
अनि
हरेक रड. तरङ्गहरुमा
अनावश्यक आपत्ति र
विपत्तिहरु आइपर्ने
हरेक मोडहरुमा
एक्लै तिमी मात्र होइन
तिमी जस्तो हजारौ
अनि
लाखौ विरहिहरु छन्
एक पल्ट आँखा उघारेर त हेर
सूर्यको प्रकाश झंै
सबै देख्ने छौ ।
फैलाउनु पर्दैनन् तिम्रा हातहरु
मगेर खानु पर्दैन कहिले
नबस कसैको आसमा
जब सम्म छ तिमी सँग
मेहिनती पाखुरीहरु
एक पल्ट मुठ्ठि खोलेर त हेर
हिराको टुक्रा तिमी सँगै छ साथमा ।
हिड्नु पर्छ हामीले
विकासको हरेक बाटोमा,
अनि
अंगाल्नु पर्छ हामीले
आपत्तिको हरेक घडीलाई
एक पल्ट पाईला सारेर त हेर
शिखर चुम्ने छ विकासको
सफलता मिल्ने छ हामीलाई ।
एक जुट हुने समय
आएको छ हाम्रो
विकासको शिखर चुम्नु छ
आपत्तिको घडीलाई समाल्नु छ
अनि
एक अर्काको सहारा बन्नु छ
त्यसैले
एक पल्ट कोशिस गरेर त हेर
हजारौ सपना पूरा गर्नु छ हामीले
विकासको बाटोमा देशलाई
डोप्याउनु छ हामीले
उन्नतीको बाटो देशलाई
डोप्याउनु छ हामीले
एक पल्ट कोशिस गरेर त हेर।।
(स्रोत : Nepalpati)