~कमल संघर्ष~
केहि झुण्ड किशोरी बादलहरु
जिस्किरहेछन बुढो सुर्य सङ्ग ।
झ्वाट्ट हेर्दा लाग्छ हेर्ने हरुलाइ
आज बदलिएको चेहरा उनिहरुको
फेरिएको छ पहिरन उनिहरुको
निकै फरक छ आकार प्रकार उनिहरुको
के सोचेर हो कुन्नि ?
ताता हातहरुले सुर्य छोइ दिन्छ उनिहरुका
अङ्ग र लजाउदै भागी दिन्छन उनिहरु
पुरै आकास भरी कुनै म्याराथुन धावकले जस्तै
लजाउदै भागिरहेका उनिहरु
अब
भाग्नेछन सुर्यका ताता हातले पोलेको ठाउ नसेलाउञ्जेल
भाग्नेछन नथाकुञ्जेल
जब
थाकेर पसिना पसिना हुनेछन
पुनः खस्नेछन धर्तिमा
र, जन्माउनेछन
माटोबाट फरक फरक सन्तान
-कमल संघर्ष
अछाम
(स्रोत : Nepalpati)