~यशोदा पोख्रेल~
झुपडीको मालिक बन्ने रहरमा, छिमेकीको पिछा गर्छौ कति ?
छिमेकीको ढुंगा पन्छाउन, आफ्नै झुपडीमा ढुंगा फाल्छौ कति ?
ढुङ्गाले थिचिएको झुपडीको, मालिक बनेर गर्छौ के तिमी ?
आफ्नो झुपडीको छाना नै धुजा धुजा पारेर ओत लाग्छौ कहाँ तिमी ?
दुई चार वटा चकलेट मिठाईमा मुख मिठ्याउँछौ कति ?
अब त होशमा आउ, छिमेकीको बलेनीभित्र अटाउछौ कति ?
तिम्रा बाजे बराजुले पनि मालिक बन्ने रहरमा, छिमेकीको खावो गाडिदिएका थिए ।
तिमी त अब महल नै खडा गरिदिन लागि सक्यौ।।
तिम्रा वावुले खेत सिँचाइ गर्ने पानी दिएका थिए ।
तिमी त धान फल्ने फाँटै दिन थालिसक्यौ।।
धान फल्ने गह्रा नै छैन भने, मालिक बनेर गर्छौ के?
धुजा धुजा पारेको छानामुनि, मालिकको राज गर्छौ के?
एकपल्ट आफ्नो झुपडीलाई व्यूझेर त हेर ।
बाझो खेतलाई मलजल गरेर त हेर ।
तिमी झुपडीमा होइन, महलमा राजगर्न सक्नेछौ।
बाँझो खेतको होइन, सुन फुल्ने फाटको मालिक बन्न सक्नेछौ।।
(स्रोत : Nepalpati)