~सौरभ कारन्जित ~
मुहारले नभए नि ब्यबहारले पिडा खोल्दछ
आवाज नभए नि आंसुले दु:ख ब्यथा बोल्दछ ।
अरुको दु:ख उसैले बुझ्छ, जस्ले भोगेको हुन्छ
कसैको बगेको आंसुले कोही कसैलाई पोल्दछ ।।
गलत मित्र लाई लाग्दो हो, सधैं नै जांच्न पाए हुन्थ्यो
धुर्त र लोभी लाई लाग्दो हो, सबै नै सांच्न पाए हुन्थ्यो ।
भाग्यले सधैं र सबै लाई, कहां साथ दिंन्छ र यहाँ
कती अभागी लाई लाग्दो हो, केवल बांच्न पाए हुन्थ्यो ।।
मिठा मिठा सपना बुन्दै, यो मनमा आएर तिमी गयौ
त्यही सपना लत्याउंदै, म भन्दा राम्रो मान्छे पाएर तिमी गयौ ।
कसैको विश्वाश गरिहाल्नुहुन्न भन्ने गतिलो पाठ पढायौ
अनेकन अवगुन हरु बिच पनि, यो एउटा गुन लाएर तिमी गयौ ।।
मायाले भरिएको मन फुलको थुङ्गा सरी हो
घृणाले भरिएको मन कठोर ढुङ्गा सरी हो ।
माया र घृणा दुई किनारा हो जीवन नदीको
चलायमान यो समय एउटा डुङ्गा सरी हो ।।
(स्रोत : Chardisha)