~कृष्ण प्र. पाण्डे~
लक्ष्यतिर बढ्नेलाई गल्ली ,बाटो फराक छ
धैर्य , होश , जोश बिना जहिंतहीँ धराप छ
काँडा,धोका,निन्दा,घात अवरोध मात्र देख्छौ
सामना नै नगर भो कायर हो ! सराप छ
तिम्रो बार , काँडेतार केही हैन मेरो निम्ती
झिल्को आगो लगाउँछु , खाली खरो पराल छ
तिमी फुल्दो फूललाई सस्तो दाम बेचिराख
अरु लाख फूल दिन्छु , मसँग त पराग छ
लत चाल्यौ , मत चाल्यौ अलिकती चेत चाल
थाह हुन्छ हिंड्ने बाटो सहि छ या खराब छ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )