ए है निष्ठुरी साइला तिमीले यो घरगाउँ विर्सदा
पुर्खौली सस्कृति रोयो साइला तिमी झिल्के भइ दिदा
विदेशियो साइला कोपिलाहरु कोइलीले गाउनै छोड्यो
बज्दैन साइला बिनायो मादल गाउँघरै शुन्य भो
सम्झना आउछ लोक भाकाको दशैं तिहार आइदिदा
पूख्र्यौंली रिती रोयो साइला तिमी पराई भइदिदा
मादल घिन्ताङ सुस्त साइला बाँसुरी बजेन
मुचुङ्गा ख्याली खोपामा साइला बजाउने कोही भएन
झ्याउरे देउडा सोरडी सेलो नाच्ने कोही नहुदा
आशु झ¥यो धरधरी रोयो साइला ! नौडाँडा काटिदा ।।
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )