~बाबु लामा~
म त ट्याक्टर जस्तै हिलोमा फसेको मान्छे
सुन्दर शहर तीर नखोजे हुन्छ !
सधै भगवनको नाम जप्ने गर्छु खै कुन
भगवानले सुन्छ ?
भो मायाँ लगाउछु नभन मलाई आस् देखाई
पछी तिमीलाई मेरो संसार सानो हुन्छ !
तिम्रो चाहना महल होला गाउँमा त खरको
छानो हुन्छ !
तिमीलाई क्रीम पाउडर मिठो मसिनो चाहिन्छ होला
गाउँमा त डोको नाम्लो कूटो कोदालो आँटो पिठो
अईचो पैचो चलाउने पाथी अनी मानो हुन्छ !
सबै मैले भनी सके पछी मलाई तड्पाउनु छ भने
आजा नै अन्तै बसाई सरे हुन्छ ।।
हो अन्तै बसाई सरे हुन्छ ।।।।।।
बाबु लामा
तनाहुँ भानु ८
हाल मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )