~आचार्य प्रभा~
आज रेजिनाको बेबी सावर । सबै साथीहरु भेला भएका छन् । महँगा,महँगा उपहारहरु लिएर । बच्चा जन्मन अझै दुई महिना बाँकी छ,उस्का बच्चालाइे २ बर्षको भइेन्जेलसम्मलाई लाउने लुगाहरु आइेसके । खेल्ने कुराहरु र जन्मिसकेपछी चाहिने समानहरु त कत्ती हो कत्ती ?
त्यही कार्यक्रममा रुपापनि आफ्नो ४ बर्षको छोरालाई लिएर आएकी छ ।
रुपा एक्ली आमा,श्रीमानको मृत्यु पस्चात टुहुरो छोरालाई लिएर परदेशमा दु:ख गरिरहेकी छ । एक्लो कमाइे,उस्लाई खान,लाउन धौ,धौ छ तरैपनि साथीको निम्तोमा आएकी छ ऊपनि ।
सबैका उपहारहरुका थुप्रो लाग्दै जान्छ । रुपालेपनि झोलाबाट उपहार निकाल्छे र रेजिनालाई दिन अघी बढ्छे । यत्तिकैमा उस्को छोराले त्यो उपहार तान्दै रुन्छ । रुपाले सम्झाउँछे ।” रुनु हुन्न बाबा यो त आन्टिको बेबीलाई पो ल्याइे दे’को त ! तिमीलाई अर्कै किनिदिन्छु हुन्न ?”
छोराले रुँदै भन्छ । “नाइे मलाई यही चाहिन्छ । मम्मुले सधैं मलाई ढाँट्छ ।” उस्ले जिद्दी गर्छ । यहीबिच लुनाले त्यो उपहार खोल्दै भन्छे । “ए…सस्तो कार त रैछ । दिनुहोस् आफ्नै छोरालाई । यी मैले उड्ने प्लेन नै ल्याइदे’की छु । यही भई हाल्छ नि । किन छोरालाई रुवाउनु हुन्छ ? तँपाइेले ल्याइेदे’को कार त अचेलका केटाकेटीले कहाँ खेल्छन्? यस्तो सस्तोमस्तो खेल्ने कुराले अचेलका केटाकेटी कहाँ मान्छन् र ? उस्लाई दिनुहोस् ।”
लुनाका कुराले रुपा बिक्षिप्त बन्छे र सम्झन्छे आफ्नो अतित । जतिबेला ऊपनि सक्षम थिइे, त्योबेला उस्को बच्चाको जन्म भएकै थिएन तर जब छोरा जन्म्यो उस्को भाग्यलेपनि कोल्टे फेर्यो ।
रेजिना हल्लाखल्ला सुनेर आइे त्यँहा र सोधी के भो ? के’को हल्ला ? उस्को प्रश्नलाई लुनाले एकै श्वासमा भनी ।
रेजिनालेपनि हो’मा हो मिलाएर भनी । “ए रुपा ठीक छ नि । किन उपहार नै चाहियो र ? तिमी आयौ भई गो’नि । देउ छोरालाई त्यो कार । तिमी छोरालाई किनिदिनपनि त सक्दिनौ । म’त सक्षम छु । किनिदिउँला नि यो भन्दापनि महँगो।”
रेजिना र लुनाको कुराले रुपा अवाक बनी । छोरा निन्याउरो मुख लाएर उभि रहेको थ्यो । रेजिनाले लुनाको हातबाट उक्त उपहार खोसेर त्यो बालकलाई दिँदै भन्छे । “लौ तिमी नै खेल । यो तिमीलाई नै सुहाउँछ । मेरो बाबुले त के खेल्ला ? यस्तो टिनको सस्तो कार ?”
आचार्य प्रभा
(स्रोत : Nareedarpan)