~साक्ष्यात सुशिल~
दाइले फर्स्ट डिभिजनमा एस. एल. सि. पास गर्दा दानुको माइलो भाई गोठालो जाने र भैसी चराउने पेशा मै ब्यस्त हुन्थ्यो, कती पटक गाँउले ले गाली गर्दा स्कुल जा पढनु पर्छ ठुलो मान्छे बन्नु पर्छ भन्दा रिसाउथ्यो रे, अह उसलाई कसैको आज्ञा को पालाना गर्नु पनि थिएन अनि ठुलो मान्छे बन्नु पनि थिएन हेर्दा हेर्दै समय पनि बितेको पनि पत्तै भएन दानु पढाई को सिलसिला मा दुइ चार देश धुम्दा पनि माइला लाई कहिलेई इश्य्रा जागेन आफु भन्दा सानु उमेर का सँगी साथी भाई हरु को प्रगती मा उसलाई कहिले पनि डाहा भ्एन साथी हरु आफ्नै कार चाडने हैसिएत का भै सके, तर उ भैसी चडेर भए पनि गाँउ घुम्यो जङ्ल र चारअन घुम्यो तर उसलाई कहिले दिमाग मा सोच आएन म पनि पढनु पर्ने रहेछ स्कुल जानु पर्ने रहेछ अनि ठुलो मान्छे हुनु पर्ने रहेछ अह एक मन ले पनि सोचेन तर आज बिधी को बिड्म्ब्-बना दाजु पनि बिदेश बाट राम्रो डाक्टरी पढेर स्वदेश फर्केको छ हजार ठाउँ मा घुम्दा पनि एउटा राम्रो जगिर पाएको छैन बिबस आज माइला को शरण मा नै उ पुगेको छ ।
माइला पनि उसलाई ठुलो कम्पनी को हाकिम बनाइदिउला-पर्ख ,आसपासन दिन्छ आज माइला को प्रगती ले आकास नागेको छ उ त गएको साल मा नै अनपढ नपढने भैसी चराउने कोटा बाट पो मन्त्री भै सकेको पो रहेछ आजकल त दुइ-चार साथी भाई जोडेर गफ गर्दो रहेछ,जस्तो देश उस्तै भेष तिमी हरु त पढेर ठुलो मान्छे हुने अनि पैसा कमाउने मोह तिर लाग्योउ के गर्ने मैले त भनेकै थिँए देश नछोड एक दिन पालो आउछ तर मानेनौ हेर म अनपढ थिँए पढन पनि सकिन देश छोड्न पनि सकिन देश कै निम्ती समर्पित थिँए तर आज भाग्यले याँहा सम्म ल्याएको छ सबैले मन्त्री ज्यु भन्छन, मान सम्मान पनि पाइएको नै छ , ठाँउ-ठाँउ मा नाम छ, राज्य ले हाम्रो कुनै हिसाब किताब नै राखतैन आफु लाई मन परेको देश घुमेका छौँ चाहिईएको पैसा पाईएको नै छ कुनै कमी को अनुभव छैन,जनता को सेवा गरे बपत पाएको रकम लाई के भ्रस्टचार भन्ने? जो सुकै ले गाली गरुन -काग कराउदै गर्छ पिना सुक्दै जान्छ, आफ्नो सात पुस्ता लाई पुग्ने भै गो । छेउमै बसे को दानु चुप्-चाप छ मन भित्र-भित्र खिन्नता बोध गर्छ ,आफ्नो कती बर्ष को मिहेनेत पानी मा मिसिएको आनुभब गर्छ आफु लाई सुन्यता बोध हुनु अगाबै धिक्कार्छ एक छाक को निम्ती पारिस्रम को भिक मग्दा मन्त्री को दर्शन अनि मेरो देश को दुर्दशा…………………….अनि परिब्रतित नेपाल…… अनि नेता…….
समाप्त
(स्रोत : Sagarbida)