~बासु श्रेष्ठ~
सेतो खाली पानामा
शब्दहरुको मरुभूमिमा
वैचारिक शक्ति लिएर
कलमको सहारा लिएर
लेखक यात्रा थाल्दछ ।
सुःख दुःख
आँसु हाँसो
मिलन विछोड
युद्ध प्रेम र घृणाका शब्दहरु
थप थप राख्दै
सेतो खाली पानामा
लेखक यात्रा थाल्दछ ।
शरद शिशिर गृष्म बसन्त
वर्षाका शब्दहरु
ब्ाादल आकाश
झ्रना र सागरका वाक्यहरु
सेतो खाली पानामा
छप छप रोप्दै
लेखक यात्रा थाल्दछ ।
कल्पनाका फूलहरु
वेदनाका शूलहरु
ममता र भूलहरु
देशप्रेमका धूलहरु
शब्द शब्दमा एकाकार पार्दै
सेतो खाली पानामा
गाँस्दै जोड्दै
यात्री पाईला चाल्दछ ।
काल्पनिक जगतको सिर्जनामा
सुखद सँसारको तर्कनामा
प्रेम र मायाको तिस्रनामा
शब्द खोज्दै
विस्कुन बटुल्दै
सेतो खाली पानामा
खुरुखुरु राख्दै
लेखक यात्रा थाल्दछ ।
सेतो खाली पानामा
शब्दहरुको अमीट पदचाप छोड्दै
एउटा यात्राको अन्त्यसँगै
अर्को यात्राको आरम्भ गर्छ
सेतो खाली पानामा ।
सेतो खाली पानामा
शब्दहरुको मरुभूमिमा
वैचारिक शक्ति लिएर
कलमको सहारा लिएर
लेखक यात्रा थाल्दछ ।
उड़ब्रिज, भर्जिनीया
(स्रोत : Khasskhass)