~खालिल जीब्रान~
अनु : तेजेन्द्र निरुकोवा
जब कुनै पे्रमले तिमीलाई संकेत गर्छ
उनको बाटाहरु कठिन र भीरालो भएपनि
उसलाई पछाऊ
जब उसको पखेटाहरुले तिमीलाई छोप्न खोज्छन्
केहिगरी यसभित्रको लुकेको छुरीले तिमीलाई घाउ बनाएपनि
उनलाई समर्पण गर
जब उनी तिमीसंग बोल्छिन्
केहिगरी उनको आवाजले
उत्तरबाट बगेको हूरीले बगैंचा सोत्तर पारे जस्तै
तिम्रो सपनालाई विनास गरेपनि
उसलाई विश्वास गर
किनभने प्रेमले तिमीलाई जसरी श्रीपेच पहिराउँछ
त्यसरी नै उसले तिमीलाई मृत्यको डोरीमा झुण्डाउने छ
उनी तिम्रो बृद्धिको लागि जति उद्धत हन्छिन्
त्यति नै उनी तिम्रो विनासको लागि उद्धत पनि हनेछिन्
केहि गरी उनले तिमीलाई उचार्इृमा पुराएर
तिम्रा कलिला हाँगाहरुलाई स्पर्श गरी घाममा नचाएपनि
ऊ तिम्रो जरासम्म पुगेर
तिम्रो अस्तित्व जमिनबाट निमिट्यान्न पार्न पनि सक्छिन्
जसरी उनले तिमीलाई मकैको घोगा सरी आफूभिमत्र छोप्छिन्
त्यसरी नै उसले तिमीलाई नंगाउने छिन्
उसले तिम्रो बोक्रा खोल्साउने छ र नांगलोमा निफन्ने छिन्
अनि उनले तिमीलाई सेतो पीठो बनाएर पेल्ने छिन्
उसले तिमीलाई नरम र चाम्रो नभएसम्म रोटीको डल्लोमा मुछने छ
अनि उनले ईश्वरको आगोमाथि हाल्ने छिन्
तबसम्म तिमी ईश्वरको पवित्र भोजनको लागि रोटी बन्दैनौ
यी सबै थोक प्रेमले तिमीलाई गराउने छ
ताकि तिमीले ह्दयको रहस्य र गोप्य कुराहरु आाविष्कार गर्नेछौ
र त्यहि ज्ञानको उज्यालोमा तिमी जीवनको परमानन्दको वास्ना बन्नेछौ
तर यदि तिमीले केवल शंका र त्रासमा
प्रेमकोे आनन्द र शान्ति मात्र खोज्छौ भने
तिमी आफ्नो नांगोपन छोपेर प्रेमको ढोकाबाट बाहिरिन उत्तम हुनेछ
अनि त्यस्तो ठाउँमा जाऊ जुन ठाउँमा कुनै ऋतुहरु हुने छैनन्
जहाँ तिमी हाँस्ने छौ तर पूर्णतः हाँसोको उत्कर्ष भेट्ने छैनौ
तिमी रुनेछौ तर पूर्णतः आँसुको गरिहराई भेट्ने छैनौ
प्रेमले आफूबाहेक अरु केहि दिदैन र
यसले आफूबाहेक केहि लिदैन
प्रेमले तिमीलाई बन्धक बनाउँदैन
नत तिमीले उसलाई बन्धक बनाउन सक्छौ
किनभने प्रेम ऊ आफैमा तृप्त छ
जब तिमी प्रेम गर्छौ
तिमीले यो भन्नु हुँदैन, “ईश्वर मेरो हृदयमा छन् !”
बरु तिमीले भन्नुपर्छ, “म ईश्वरको हृदयमा छु !”
न त तिमीले सोच्न सक्छौ कि
तिमीले प्रेमको दिशा निर्धारण गर्न सकछु,
किनभने यदि तिमी प्रेम पाउन लायक छौ भने
यसले नै तिम्रो दिशा निर्धारण गर्नेछ
प्रेमको केवल आफ्नो चाहना पूरा गर्ने बाहेक अरु चाहना हुँदैन
तर यदि तिमीले प्रेम गर्छौ र चाहना गर्ने आवश्यकता महसुस भयो भने
यी तिम्रा चाहनाहरु हुनुपर्छ—
हिउँ पग्लेर एउटा अविरल बग्ने नदी बन्नु
जसले रातमा समधर धून झंकृत गर्नेछ
प्रेमको अधिकतम कोमलताको पिडा थाहा पाउनु
प्रेमको तिम्रो आफ्नै बुझाईले घायल हुनु
अनि आफ्नै ईच्छा र खुशीले रगतामम्मे हुनु
पखेटा हालेको मुटु सहितको मिर्मिरे बिहानमा उठ्नु र
अर्को प्रेमिल नयाँ दिनलाई कृतज्ञता व्यक्त गर्नु
मध्यान्न दिनको समयमा आराम गर्नु
र प्रेमको मादकतामा ध्यान गर्नु
अनि बेलुकी आभारी हृदय लिएर घरमा फर्कनु
अनि राति ओछ्यानमा तिम्रो हृदयमा रहेको प्रेमीलाई प्रार्थना गर्नु
अनि तिम्रो ओंठले प्रशंसाको गीत गाएर सुत्नु ।
Love
खालिल जीब्रान
(स्रोत : Nepalikalasahitya)