~पशुपति कार्की~
कहिले जित्ने कहिले हार्ने तास रहेछ जिन्दगी
हल्लिरहने पेन्डुलम झै खास रहेछ जिन्दगी
अायौँ हामी के लियर,जान्छौ के लगेर पो
व्यर्थै किन रिस राग,बक्वास रहेछ जिन्दगी
देखे पछि भोगे पछि,आफै ढुङ्गा ढोगे पछि
लाग्छ अचेल सुख दुख को,आभास रहेछ जिन्दगी
कोहि रुदा रहेछ्न दुख मा,कोहि हास्दा रहेछ्न यहाँ
नमरुन्जेल लागि रहने आस रहेछ जिन्दगी
मतलब छैन मानवता न सोच्छन कर्तव्य कोहि
जस्ले चाह्यो चुडी लाने घाँस रहेछ जिन्दगी
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )