~हिरण्य भोजपुरे~
अँधेरी रातमा जून बनेर आउनू
अँधेरी रातमा जून बनेर आउनू ।
कुहिरोको घुम्टो ओढेर
मीठो-मीठो मुस्कान छर्दै-छर्दै
मीठो-मीठो मुस्कान छर्दै-छर्दै
मेरी मायालु आउनू ।
रुप मधुर मनमा मेरो
तिमी नै मेरो सेरो र फेरो
सपनाकी सँगी तिमी
विपना बन्दै आउनू
सपनाकी सँगी तिमी
विपना बन्दै-बन्दै आउनू ।
रचनाकाल : २९ वैशाख २०६१
स्वराङ्कन : ४ भाद्र २०६१
शब्द-सङ्गीत-स्वर : हिरण्य भोजपुरे
याल्बम : एक अँजुली घाम
(स्रोत : साहित्य संग्रहालय – याल्बम : एक अँजुली घाम )