गुन्द्रुक जीवनको
किनिमा दिमाग
उत्तरआधुनिकताको
तावामा भुटिएर
अझै पनि
परिस्थितिकै फ्राई म:म:
वि/चिन्तनको विरुपक
अहमताले रापिएको चिकनरोष्ट
सभ्यताको नाममा
कक्टेल विचारहरु
लोकल ठर्रा र ह्विस्की
रंगीला रम
दर्शनको रेड लेवेल,ब्य्लाक लेवेल
विमर्शमा ह्वास-ह्वास गनाई रहेछ।
सह अस्तित्वको
भुंग्रोमा पोलिनु पर्ने ‘म’
असनको गल्लीमा
बेसनमा चोबलेको
खसीको फोक्सो जस्तो
वर्गकार चोक्टा
गेश्चरिजममै चोबलिएर
भुटिएर ‘हामी’
किन भुटिदैनौ
किन त्यस्तै स्वादिलो हुँदैनौ ?
सोचका प्लेटहरु
केरला-कर्णटकका
इड्लि र डोसा जस्तो
आकार र स्वाद
फट्फटाई रहने
हाम्रो जिब्रोहरु छेडिन
अब बिस्केट जात्रामा सामेल हुनू!
भोटे:मा जिवन-कपुरको बोट मुनि
एकल वितृष्णाका
पिरो छोईला-कचिलाले
विनिर्माणवादमा
गानो-गोला मात्रै बल्झाउँछ।
तेसो र अलिकति
आफ्नै गिदी निकाल्नू-भुट्नू
र बनाउनू पराले टौवा मुनि
आयामिक तावामा डेरिडा फ्राई।
मूल शून्य र मूल्यहीन
उखुको खोस्टा बाट बनेको
अरुण खोलाको दुधिया रमले
एक्छिनको कव्य रमरम मात्रै !
यो तिम्रो-मेरो=”हाम्रो”समाजको
पुरातन हड्डी गालेर
नरम बनाउनू पो त मात्नू !
निख्लो कोदोको छानुव=मनको फेवामा
छायाँ देख्नू – दर्शनको माछापुछ्रे
छाम्नू – छातीभरि सहअस्तित्वको अन्नपूर्ण !!!
मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क
(स्रोत : Manu Lohorang Rai’s Blog)