~डा. हरिकुमार श्रेष्ठ~
उजाड छन् मेरा गाउँ, अनि सबै टोल बस्ति ।
त्यही ठाउँका केहीलाई भने अझै भाछ मस्ति ।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
खेतबारी चुम्बन गर्दै डूल्ने, हाम्रा किसानवर्ग कस्ता ।
दिनरात मेहनत छ तापनि, दुःखी छन् अझै यस्ता ।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
छैन चयन रत्तिभर पनि, चाउरी छन् गाला कन्चट ।
आयस्रोत कमी छ विचरा, जीवन गुजार्नै झण्झट ।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
लालाबालाको पठनपाठनमा, भइराछ धेरै मुस्किल ।
कुबेरजस्ता वर्गलाई भने, सुविधा सम्पन्न स्कूल ।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
जति सरकार परिवर्तन भएनि, किन विभेद यस्तो ।
सबै वर्गले पढ्न सक्ने, कहिले हुने शिक्षा सस्तो ।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
ब्यापार छ शिक्षामा, नाफा कति कति कमाउने ।
जनतालाई शोषण गरी, गगनचुम्बी महल बनाउने ।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
आयआर्जन कति भयो, छैन पारदर्शिता कत्तिपनि ।
आयकर तिर्न पर्ने कति हो, छैन चिन्ता रत्तिपनि ।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
नीति नियम कार्यान्वयन छैन, लाचारीपन कत्तिको ।
नेतागण धनाढ्य भइहाले, मालिक छन् चाहे जत्तिको ।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
निर्धा निमुखालाई सेवा दिन, चिन्ता छकि कसैमा ।
नेतागणमा विनम्र अनुरोध, अगाडि बढ्नोस् होसैमा ।।
ताइपेई, ताइवान
(स्रोत : NRNaksa)