~राजु पौडेल~
अकिन्चन !
भयातुर रंगमंचमा रमाएको दर्शक
सु:ख छ,हाँसो छ, तर पटक्कै शान्ति छैन
मणि गुमेको सर्प जस्तो मानी हराएको …
स्वानिर्देशित योजना छैन
प्रतिशोधपूर्ण बिष बिनाको डसाई
रंग छैन जीवनको ,अनर्थपूर्ण प्रतिकार
बेतुकको तर्क बितर्क |
उत्पतिको विच्छेद संगै
गुमेको कला -संस्कृति रहन -सहन
जबर्जस्त अपनाईएको परिवेश
पुस्ता बिचको रिक्तता
गुम्दो उमेर उस्तै अपनत्व
अन्तिम सत्यको जाज्वल्यमान प्रदिप
पुन: भयातुर रंगमंचमा प्रदीप्त
झल्यास मन मुटु
अहो !
ब्यग्र प्रतिक्षा खु: सी बिहिन छ
शान्ति दुरतामा शाब्दिक अभिबादन गर्छ
हठात निर्णयको ठेली पल्टिन्छ
पुन:जीवन तर्क -बितर्कमा टक्क रोकिन्छ |
हुलका हुल बिस्थापित पछ्याउंदै छन
तर ! द्वार निक्कै साँघुरो छ
सबैको सम्मानजनक बहिर्गमन
अह: असम्भब
चौकोस मख्खीसकेको छ
क्र्याक…….क्र्याक……क्र्याक
भयङ्कर त्रासदी भित्रको बाँकि यो जीवन |
(स्रोत : NRNaksa)