सल्लेरी बजार शनिवारे हाट त्यही हाटमा भेटेको
पहिलो नझर मुस्काउदैं हेर मुटुमैं बसेको
यहि मुटु झिकि डाँडापारी कसरी राखुँ त
मुटुमै राखु अन्जानी तिमी कसरी बोलु त
रहर मेरो मुटुमै राख्ने मौकालाई पर्खेको
पहिलो नझर मुस्काउदैं हेरमुटुमैं बसेको
भेट्ने कहाँँ हाटको वेला बहाना भएछ
चियाउँछु उसै नेपथ्यबाट रोग उस्कै सरेछ
चाहाना मेरो अधर चुम्ने स्वीकृति पर्खेको
पहिलो नझर मुस्काउदैं हेर मुटुमैं बसेको
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )