~बिनोद खड्का~
खुल्ला आकाश तल
दिनमै ठग्नुको शान अर्कै
सूरा र सून्दरीमा लपेटिदै
मदहोश बन्नुको मजा अर्कै
जीन्दगीलाई नै ज्यूदो लास बनाई
आफैलाई भुल्नुको मजा अर्कै ।
रातमा रम्नुको मजा अर्कै
दिनमै जम्नुको मजा अर्कै
अरुका जीन्दगी त के हो र
सपनाको खेती
आश्वासनको पहाड
आशाका बन्दी बनाएर
अभावमा लडाई दिनुको मजा अर्कै
बन्द बोतलभित्रको मदिरा बनाई
आफैलाई गुम्साउनुको मजा अर्कै ।
टन्न पेट
आलिशान महल
पैशाको पहाड
आशेपाशेको भीड
तर पनि
खुल्ला आकाशमुनि
ज्युदो लास सरी पसारिनुको मजा अर्कै
जीन्दगीलाई नै उत्तानो परेर
ताराहरु गन्नुको मजा अर्कै
सुकुम्बासी सरह जीन्दगी
बास माग्दै हिड्नुुको मजा अर्कै ।
मागेको पद
भागबण्डाको सत्ता
चलखेलकोे शक्ति
आफै सर्वोपरी भोग्नुको मजा अर्कै
कर्तव्यको अर्थ नै भुलि
आफ्नै स्वार्थमा रम्नुको मजा अर्कै
आफु टन्न खाई
अरुलाई भुल्नुको मजा अर्कै
कामचोर झै जीन्दगीे
आफ्नै संसारमा रम्नुको मजा अर्कै ।
सपनाहरु बाँड्दै
आशाहरु छर्दै
कछुवा चालमा
अगाडी बढ्नुको मजा अर्कैर्
कामै नगरी खानुको मजा अर्कै
मै हुँ ठूलो
मेरा बिचारहरु ठूला
अरु सबै बेकार
अरु सबै प्रतिकृयाबादी
नेता बनेर गम्किनुको मजा अर्कै
आफैलाई
फगत आफैलाई
भोट माग्ने आजिवन माग्ने बनाई
नकचरो हाँसो किच्च हाँस्नुको मजा अर्कै ।
रातमा लुट्नुको मजा अर्कै
सूरा र सून्दरीमा भुल्नुको मजा अर्कै
जीन्दगीलाई नै ज्यूदो लास बनाई
आफैलाई भुल्नुको मजा अर्कै ।