दुधकोशीको चिसो पानी प्यास लागि पिउँदा
जीवन मेरो वगर भयो तिम्रैं लागि जीउँदा
चौतारीमा पर्खिरहें, दोवाटोमा कुरिरहें
सारा आँखा बिछ्याएर आउने बाटो हेरिरहें
आँखाभरि बाँच्दो रैछ मनमा आशा छाउँदा
जीवन मेरो वगर भयो तिम्रै लागि जीउदा
आँशु सबै बगीसक्यो छाँया पखालेन
मिलनका मिठा अतित अझै मेटिएन
रित्ति आफु धेरै पिए मनमा पीडा हुँदा
जीवन मेरो वगर भयो तिम्रै लागि जीउदा
March 8, 2014
(स्रोत : रचनाकारको ब्लगबाट सभार )