~भ्लादीमिर भिसोत्स्की~
अनु. कृष्णप्रकाश श्रेष्ठ.
किन सबै भयो अर्कै ? सधैं यस्तै हुँदा अनि,
त्यही अहाकाश हो जो छ नीलो नै अहिले पनि ।
बनजंगल त्यो नै हो, हावा औ जल नै त्यही,
तर फर्केर आएन संग्रामबाट नै उही ।।
बुफ् नै गाह्रो मलाई भो, सही आखिर को थियो ?
न्रि्रा औ भोम त्यागेर हाम्रो विवाद जो भयो ।
देख्छु जताततै आज उकै् मात्र अभाव म ।
जब फर्केर आएन संग्रामक्षेत्रबाट त्यो ।।
बीचैमा मौन हुन्थ्यो ऊ, अकस्मात् गाउँथ्यो अनि ।
सधैं विषय फेरेर अरु नै गर्दथ्यो कुरा ।
बिहानै जाग्दथ्यो आफू दिन्नथ्यो ऊ निदाउन,
तर फर्केर आएन हिजो संग्रामबाट ऊ ।
जो भयो अहिले शून्य त्यस्को चर्चा म गर्दिनँ,
मलाई बोध एक्कासि भयो: हामी दुई थियौं ।
मेरो निम्ति यहाँ मानौं बत्ती बतासले निभ्यो,
जब फर्केर आएन संग्रामक्षेत्रबाट त्यो ।।
मानौं बन्धन तोडेर उम्क्यो आज वसन्त कि ?
सके भूल परी मैले डाँकें उस्लाई आज कि ?
“साथी, चुरोट ल्याउः, खै ।” जवाफ ? मौन त्यो रहृयो…
हिजो फर्केर आएन संग्रमक्षेत्रबाट त्यो ।।
हाम्रा मृतकले छोड्छन् न हामीलाई दुःखमा,
जस्ते वीरगति पायो त्यही रक्षक फै भयो…
पानीमा फै प्रतिबिम्ब वनमा नभको पर्यो,
हिजो फर्केर आएन संग्रमक्षेत्रबाट त्यो ।।
छ भ्रुइंघरमा ठाउँ प्रबस्त हामीलाई त,
वेला पनि बित्यो हामी दुवैको निम्ति निश्चित…
एक्लैको निम्ति भो सारा अब, लाग्छ मलाई यो:
मानौं आइनँ फर्केर संग्रामक्षेत्रबाट म ।।
(रुसी कविता Он не вернулся из боя(He didn’t return from the battle)को नेपाली अनुवाद)