~निता केसी~
मेरो एकांकीपनको आभास थियो उनीलाई
मेरो रिक्ततामा म संगै रुन्थिन् उनी
सहलाउथिन् कोमल भावले
मेरो कलेजी फेरी संगै टोलाउथ्यौ हामी
मेरो सिंगार बिहिन अनुहारको ‘पीडा’
म भन्दा पनि बढी देख्थे उनमा
उनी कठयाग्रिएर हेर्थिन्
निर्बल निसहाय झैँ बनि
मेरो आँशु संगै बही दिनु भन्दा बढी के नै गर्न सक्थिन् र
उनी गाँठो परेको आफ्नो मुटुको पीडा दबाउनु खोज्दा
म भक्कानिदै घोप्टीन्थे उनकै पोल्टोमा उनकै छातीमा
त्यो छाती भित्र उठेको ममताको ‘बाछिट्टा’ ले म निथ्रुक्क भिज्थे
पलमै त्यो शीतल स्पर्श आनन्दमयी, मनतामयी ऊफ़्फ़ ..
‘आज’ काँहा होलिन् मेरी ‘आमा’ मलाई नै रुग्दै होलिन् ..
मुख हेर्ने औंशीमा उनको गहिरो मुस्कानले जितथ्यो मलाई
म खर्चिन रमाउथे उनको लागि
उनि रित्तिएर दिन चाहन्थिन मलाई
मेरो प्रतिक्षामा होलिन् आज कुर्द कुर्दै केही रिसाएर,
केही आधिर भै मेरै बाटो हेर्दै होलिन् आमाको मुख हेर्ने औशिमा …!!!
(स्रोत : Janaboli )