~विजय योजीत~
धकेल्यो कसैले लगाएर ढोका
नदेखेर होला जुहारात पोका
कयौं चोट खाएँ लखेटेर हान्दा
गनेकाे छु मैले समेटेर खोका
म तान्दैछु आफैं मलाई म बाटै
छुटाएर घाती उभो औ उधोका
थियो भाग्यमानी र हेरें तमासा
पगार्दै छ गाई समाएर डोका
बिरामी छ चल्लो निकोपार्नु पर्ने
थियो योजना त्यो चढाएर बोका
छन्दः भुजङ्गप्रयात, (बहरे मुतकारिब मुसम्मन सालिम)
यगण, (।ss) फऊलुन् x ४) रुक्नमा आधारित
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)