~मीरा आचार्य~
अो सरकार !
हाम्रा मरिरहेका लास भन्दा
तिम्रो लाचार ज्यूदो शरीर
सिनो बनेको छ
तिम्रो कुहेको शरीरसँग
तिम्रो मृत मनसँग
जीवन माग्नु हाम्रो गल्ति हो !
तिमी ज्यूदो ठान्नु हाम्रो भ्रम हो
भो छोड…!!
लासको राजनीति र भोका आश्वासनहरुको खेल
हामी रहर पुगुनजेल मर्न चाहन्छाै
हामी आगामी चुनावमा
तिम्रो कुर्शी सुनिश्चित गर्न
फेरी बाँच्न चाहनाै !!
तिम्रो बेसरम झुटको जालोमा बेरिएर
प्रत्येक पल-पल मर्नु भन्दा
हामीलाई सिङ्गो मात्र एउटा मृत्यु
सहज, सहर्स स्वीकार छ ।
त्यसैले..!! सरकार !!
हामीलाई बचाउने जोखाना हेरेर
हेलिकप्टरका पंखाहरुबाट
अक्सिजन छर्ने तिम्रो अभियान बन्द गर ।
हामी यो समयमा
तिम्रो स्वार्थको सीमानाभन्दा वाहिर छाै
त्यसैले तिमी धर्ति बिर्सेर आकासमा कुर्लेको
हेर्ने फूर्सत छैन ।
हामीलाई तिम्रो भन्दा
हाम्रा भोका, नाङ्गा र रोगी दिनचर्याहरु
प्यारा लाग्छन्
त्यसैले सरकार !!
हाम्रा नाउमा तिमी टिभी र रेडियोहरुमा
कराउन पनि बन्द गर !
त्यसैले सरकार!!
अनावश्यक हल्ला गर्दै
हाम्रा नाउमा र हाम्रा गाउमा
कृतिम चिलहरु पठाउन बन्द गर!
(स्रोत : Janaboli )